बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सेती खोँचमा लाइट जोडियो, बेपत्ताको खोजी राति पनि गरिने

सेती खोँचमा लाइट जोडियो, बेपत्ताको खोजी राति पनि गरिने


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए ।

‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ,’ प्रमुख केसीले भने, ‘अब बेपत्ता जनाको खोजीमा लागेका छौँ । राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->