बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खुकुरी प्रहार गरी तनहुँमा सन्त बहादुर गुरुङको हत्या

खुकुरी प्रहार गरी तनहुँमा सन्त बहादुर गुरुङको हत्या


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

दमौली / तनहुँ जिल्लाको भानु नगरपालिका-६ टुहुरे पसलमा सोमबार दिउसो साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

घटनामा संलग्न भएको आरोपमा व्यास नगरपालिका–८ रिस्तीका करिब २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आशिषले खुकुरीले सन्तबहादुरको घाँटीमा प्रहार गरेका थिए । उक्त घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->