बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सनाखत हुन नसकेको शव काठमाडौ लगिँदै

सनाखत हुन नसकेको शव काठमाडौ लगिँदै


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

पोखरा/ पोखरा विमान दुर्घटनामा मृत्यु भएका सनाखत हुन नसकेका शवहरु काठमाडौं लगिँदै छ । केहीबेरमा नेपाली सेनाको हेलिकप्टरबाट शव काठमाडौं लान थालिएको हो ।

पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा लान लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं लगिँदै छ । काठमाण्डौको शिक्षण अस्पतालमा शवहरुको पोष्गटमार्टम पछि सनाखत गरिने छ ।

शव सनाखत गर्न र बुझ्नका लागि दुई जना सहोदर आफन्त जानू पर्ने छ । आफन्तलाई काठमाण्डौ पुग्नका लागि यति एयरलाइन्सले लैजाने जनाएको छ । पहिलो उडानमा १८ शव काठमाण्डौ लगिएको ढोरपाटन सहकर्मि बिजय नेपालीले बताए ।

दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेकोमा २ जनाको अवस्था अझै अज्ञात छ ७० जनाको शव फेला परेको छ ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो । हालसम्म पोखरामा डाक्टर गणेश थापा र सदाकत मियाँको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । बाँकी २० जनाको शव आजै बुझाउने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->