बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य बिमा सबैलाई समेट्ने गरी प्रभावकारी बनाउँछु: मन्त्री गिरी

स्वास्थ्य बिमा सबैलाई समेट्ने गरी प्रभावकारी बनाउँछु: मन्त्री गिरी


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार पदभार ग्रहण गर्दै ।

काठमाडौं / नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताए ।

‘सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य बीमाको जुन कार्यक्रम छ त्यो कहाँनिर किन प्रभावित बन्न सकेको छैन ?,’ उनले भने, ‘पहिलो कार्यक्रममा सहभागी भइसकेका व्यक्तिको नवीकरण नगर्ने, घट्दै जाने जस्ता अनेकौं प्रकारको समस्या देखिएको छ । यसका कहाँनिर हडल छ । समस्या कहाँ हो त्यो विषयलाई पनि हामीले गम्भीरता साथ हेर्छौं र यसलाई अझै फराकिलो बनाएर जाने र सबै जनताले स्वास्थ्य सेवा पाउने कुराको सुनिश्चितता गर्ने हाम्रो अठोट यसैमा हुन्छ ।’

मंगलबार शपथग्रहणपछि गिरीले रामशाहपथस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । ‘सबै जनताको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि काम गर्नुपर्ने छ । त्यसका विद्यमान रहेका स्वास्थ्यका निकायहरुलाई स्रोत तथा साधनयुक्त बनाउनु पर्ने छ । प्रभावकारी स्वास्थ्य सेवा दिन अवस्थामा पुर्‍याउनु पर्ने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->