शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रभु हेलिकोप्टरको गम्भीर हेलचेक्रयाइँ,खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड

प्रभु हेलिकोप्टरको गम्भीर हेलचेक्रयाइँ,खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड


  • ढोरपाटन संवाददात
  • माघ ५ २०७९, बिहिबार

स्याङजा / वालिङ नगरपालिका-८ मा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । प्रथम वालिङ गोल्ड कप चलिरहेको मैदानमा नै पोखराबाट चार्टर्ड गरेर ल्याण्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डंगोललाई हातपात गरेका हुन् ।

खेलको पहिलो हाप चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो । खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरु आक्रोशित बनेका थिए ।

उनीहरुको कुटाइबाट क्याप्टेन डंगोलको नाक तथा मुखबाट रगत निस्केको थियो । वालिङ-९ का विनोद गैरे, खिमबहादुर थापा, शुशिल गिरी, सुशील थापाले प्रभुको हेलिकोप्टर ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए ।

हेलिकोप्टर ल्याड गर्दा मैदानका खेलडीहरु भागेकाले ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । डंगोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको प्रष्टिकरण दिएका छन् ।

अनुमति बिना खेल मैदानमा झरेको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा जानाकारी गराएको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताए । हेलिकोप्टर वालिङ ल्याउने युवालाई समेत कारबाही गरिने क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->