काठमाडौं/ नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने बताए ।





