बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा-२४ का वडाध्यक्ष धरौटीमा छुटे

जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा-२४ का वडाध्यक्ष धरौटीमा छुटे


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७९, शनिबार

पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।

सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले शुक्रबार धरौटीमा रिहा गरेको हो । उनीविरुद्ध मैयाले नै किटानी जाहेरी दिएकी थिइन् । न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले ‘आरोपितलाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने उपयुक्त कारण नदेखिएको’ ठहर गरेपछि उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

आफूविरुद्ध उजुरी परेसँगै वडाध्यक्ष अधिकारीले पुस २४ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । कास्की जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यका अनुसार उनीविरुद्धको मुद्दा भने यथावत् नै छ । ‘यो फैसला होइन आदेश हो । पुर्पक्षका लागि धरौटी माग भयो र एक लाख ५० हजार रुपैयाँमा छुटेका हुन्,’,उनले भने ।

कास्की जिल्ला अदालत स्रोतका अनुसार जातीय विभेदलाई भन्दा गालीगलौजलाई प्राथमिकतामा राखेर मुद्दा दर्ता गरिएकाले उनी धरौटीमा रिहा हुने बाटो खुलेको हो ।
यो मुद्दामा ‘ग्राभिटी’ थिएन । मुद्दाको प्रकृति गाली बेइज्जतीतर्फ आकर्षित भएर आयो,’ उनले भने, ‘पुर्पक्षका लागि थुनामा भन्दा पनि बाहिर राख्न उचित देखियो भन्ने आदेश त्यसकै परिणाम हो । मुद्दाको अवस्था हेरेर आदेश हुने न हो ।’ उनले यसअघि पोखरा १६ लामाचौरमा घटेको जातीय विभेदको घटनाका दोषीलाई जेल चलान गरिएको घटना स्मरण गर्दै भने,‘अदालतले हेर्ने मुद्दाको प्रकृति र जाहेरी नै हो ।

मुद्दा गालीब्यइज्जतीतर्फ आकर्षित भएको देखियो ।’ यद्यपि,फैसलाको पूर्णपाठ भने आफूले नहेरेको उनले बताए । अधिकारीले पुस १८ गते वडामा डाकिएको स्थानीय आमा समूहहरु भेलामा मैयामाथि जातीय विभेदजन्य गाली गरेका थिए । महिला भेलामा वडाध्यक्ष अधिकारीले मैयालाई लक्षित गर्दै ‘तँलाई बोल्ने अधिकार छैन ।

दलितले पाउने एक लाख छुट्टाएइको छ । त वडा सदस्य भए भने गर्छेस् तेरो हैसियत के हो भन्ने मलाई थाहा छ । वडामा हुने करोडौँ बजेट मरेको गाई, भंैसीको सिनो लुछेजस्तो लुछ्न नखोज,’भनेका थिए । उजुरीकर्ता नेपालीले आफू एकपटकमात्रै नभइ पटक–पटक दुव्र्यवहारको सिकार भएको सार्वजनिक रुपले नै बताउँदै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->