शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङमा अदुवाको बिउ किन्दा भ्रष्टाचार, मुछिए पूर्वप्रमुख अधिकारी

गल्याङमा अदुवाको बिउ किन्दा भ्रष्टाचार, मुछिए पूर्वप्रमुख अधिकारी


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार

पोखरा/ अदुवाको बिउ किन्दा भ्रष्टाचार गरेको भन्दै स्याङजाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भूपराज अधिकारीविरुद्ध मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले अस्वभाविक रुपमा १३ लाख रुपैयाँ दररेट बढाएर बिउ खरिद गरेको जनाएको छ । १३ लाख भ्रष्टाचार मुद्धामा अधिकारीविरुद्ध मात्रै मुद्धा दायर भएको छ । उनीविरुद्ध सोही रकम बिगो माग समेत गरिएको छ ।

भ्रष्टाचार मुद्धामा उनी सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो ।

स्पेसिफिकेसनमा उल्लेख गरिएका कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी एक करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपत्रपत्रमा उल्लेख छ ।

नगरपालिकालाई अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., काठमाण्डौका प्रतिनिधि शिव प्रसाद न्यौपानेले उपलब्ध आपूर्ति गराएका थिए । सोही बीउ नै स्पेसिफिकेसन अनुसारको नभई गुणस्तरहीन बिउ आपूर्ति गरेको र नगरपालिकाले भुक्तानी दिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । नगरपालिकाले गुणस्तरहीन बिउको लागि दुई करोड १० लाख ७० हजार ४९९ रुपैयाँ भुक्तानी गरेको थियो ।

न्यौपानेविरुद्ध पनि अख्तियारले नगरपालिकालाई हानीनोक्सानी पु¥याएको भन्दै दुई करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->