पोखरा / स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा संचालनको बिषयमा मंगलवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
सो अवसरमा मन्त्री गिरीले अस्पतालको सेबा प्रवाहमा गुणस्तरीयता कायम गर्न आग्रह गर्दै भौतिक पूर्वाधार सुबिधा सम्पन्न बनाउने बताए । अस्पताल संचालन गर्दा आइपरेका समस्याहरुको बिषयमा अस्पतालका कर्मचारीहरुले मन्त्री गिरीलाई बिफ्रिङ गरेका थिए।
मन्त्री गिरीले हरेक नागरिकले स्वास्थ्य सेवा लिन पाउनु अधिकार भएका कारण सेवा बिस्तार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अस्पतालको अनुगमन गर्दै बिरामीहरुका समस्या समेत बुझेका मन्त्री गिरीले स्वास्थ्य उपचारमा कुनै सम्झौता गर्न नहुने बताए ।
स्वास्थ्य बिमालाई प्रभावकारी बनाएर गरिब जनताको उपचारमा सहयोग गर्न अस्पताल प्रशासनलाई आग्रह गर्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समेत आग्रह गरे ।





