नवलपुर/गैंडाकोट प्रहरीले चोरीनिकासी अवैध काठ सहित ३ जना संदिग्ध मानिसलाई पक्राउ गरेको छ । आज (सोमवार) बिहान गैंडाकोट ४ झपर्दीस्थित सीता रानाभाटको घरबाट २५ क्युफिट सालको चिरान काठ सहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
निर्माणधिन अवस्थामा रहेको सीता रानाभाटको आँगनमा त्रिपालले छोपिएको अवस्थामा २५ वटा चिरान काठ बरामद गरिएको जनाईएको छ । काठ ओसारपसारमा संलग्न तनहुँ रिसिङ गाउँपालिका ६ का ३५ बर्षका रविन रानाभाट, गैंडाकोट ४ का ३२ वर्षका राजु परियार र बुलिङटार १ का ३६ बर्षका प्रेमुकुमार डिसुवा मगरलाई नियन्त्रणमा लिईएको उल्लेख छ ।
प्रहरीले बरामद गरेको काठको मुल्यांकन १ लाख २५ हजार गरेको छ । वरामद भएको वनपैदावर र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएकोमा अहिले आवश्यक कार्वाहीका लागि सव डिभिजन बन कार्यालय गैंडाकोट पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुर सञ्चार शाखाले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले करीव ३ किमी उत्तरमा रहेको उक्त घरबाट काठ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।





