लण्डन / यति नेपाली एशोशियसन युकेको अध्यक्षमा पिपला पाण्डे देवान चुनिएका छन् । यतिको २९ औं अधिशेनबाट अध्यक्षमा देवान निर्विरोध चुनिएका हुन् । यति नेपाली एशोशियसन भारतमा बाहेक अन्य देशमा रहेका नेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्था हो ।
लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी देवानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो। कार्य समितिको महासचिवमा टंक भट्टराई, वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मी चयन भएका छन् ।
कार्य समितिको सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन छानिएका छन । सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन्।
नवनिर्वाचित अघ्यक्ष देवानले संस्थाले बिदेशमा रहेका नेपालीहरूलाई आपतविपद पर्दा सहयोग गर्ने उदेश्यले ‘आपतकालिन कोष’ स्थापना गर्ने घोषणा गरेका छन् । उनको घोषणासंगै आपतकालिन कोषमा आईतबार नै हलबाट पाँच हजार पाउण्ड जम्मा भएको छ।
कार्यक्रममा ओबिई डा.राधव धिताल, ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका महासचिव टंक भट्टराईले जानकारी दिए । संस्थाका पुर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा गठित ६ सदस्यीय निर्वाचन समितिले मतदान बिना सहमतिमा पदाधिकारीहरूको टुंगो लगाएको हो।





