बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदेशस्तरीय निबन्ध लेखनमा लोमान्थाङकी कुन्साङ प्रथम

प्रदेशस्तरीय निबन्ध लेखनमा लोमान्थाङकी कुन्साङ प्रथम


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७९, आइतबार

पोखरा / भ्रष्टचारविरुद्ध गण्डकी प्रदेशस्तरीय निवन्ध लेखन प्रतियोगितामा मुस्ताङकी कुन्साङ आङमो गुरुङ प्रथम भएकी छिन् । मुस्ताङ लोमान्थाङ २ छोसेरको दिव्यदीप मावि कक्षा ९ की उनले ३४ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । यस्तै पर्वत फेवास नगरपालिका ३ राम मावि कक्षा ९ की छात्रा रोजिना शर्मा दोस्रो भएकी छन् । तनहुँ ब्यास २ सत्यवती मावि कक्षा १० का विपिन श्रेष्ठ तेस्रो भए । ‘भ्रष्टचार नियन्त्रण सुशासन’ विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कुल ३५ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोले समान १२ हजार, ९ हजार र ७ हजार पाँच सय रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे । पुरस्कृत हुँदै विद्यार्थीले भ्रष्टाचार नियन्त्रणका लागि विद्यार्थीहरुको भूमिका समेत महत्वपूर्ण हुने बताउँदै आगामी दिनमासमेत यस्ता कार्यक्रमको आयोजना गर्न अनुरोध गरे ।

आयोगको पोखरा स्थित कार्यालयमा एक समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो । यस्तै आयोगले भ्रष्टचार विरुद्ध निरन्तर खबरदारी गर्दै राष्ट्र निमार्णमा योगदान पु¥याएको भन्दै नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेललाई सम्मान गरेको छ ।

पौडेलले भने आफुलाई थाहै नदिई आयोगले सम्मान दिएको र पहिले नै खबर भएको भए नलिने बताए । सम्मानित हुँदै उनले आगामी एक वर्षमा आयोगले पोखराको मध्य भागमा रहेको फिर्के अतिक्रमण गर्नेलाई कारवाही नगरे सम्मान फिर्ता गर्ने बताए । आयोगले कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरेको छ ।

आयोगका शाखा अधिकृत खेमराज मरासिनी, कार्यालय अधिकृत हुम बहादुर राना, लेखापाल सन्तोष आचार्य, प्रहरी बरिष्ठ हवल्दार रोशन पोखरेल, प्रहरी जवान शेरबहादुर विक, कार्यालय सहयोगि विष्णु कुमारी शर्मा र चालक विश्व पौडेललाई सम्मान पत्रले सम्मान गरेको हो ।

उक्त समारोहमा बोल्दै आयोग प्रमुख पार्वती शर्माले भ्रष्टचार विरुद्धको महाअभियानमा सबैले साथ दिनुपर्ने बताइन् । उनले आयोगको दायरा खुम्चिदै गएकाले काम गर्न समेत निकै समस्या भइरहेको बताइन् । आयोगलाई सरकारले नै सहयोग नगरेको उनले दुखेसो पोखिन ।

नागरिक समाजले उठाएको महत्वपूर्ण मुद्धालाई अन्तिम रुप दिने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् । देश निमार्णका लागि भ्रष्टचार नियन्त्रण गर्न आयोगको दायरा ठूलो बनाई सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा सूचना अधिकारी राजु कुँवर, कानुन उपसचिव सन्तोष तिमिल्सिना, खेमराज मरासिनी, डिएसपी सरोज गिरी, विद्यार्थी कुन्साङ आङमो गुरुङ, रोजिना शर्मा र विपिन श्रेष्ठलगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->