बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लखन थापाका सहयोद्धा जयसिंहको सालिक गोरखामा अनावरण

लखन थापाका सहयोद्धा जयसिंहको सालिक गोरखामा अनावरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७९, मंगलबार

गोरखा / राणा शासनविरुद्ध पहिलो विद्रोह गर्ने सहिदको रुपमा मानिएका लखन थापा र उनका सहयोद्धा जयसिंह चुमी मगरको १४६ औं स्मृति दिवस मनाइएको छ । सहिद लखन गाउँपालिका-७ काहुले भङ्गारमा १९३३ फागुन २ गते तत्कालीन राणा सरकारले लखन थापा सँगै जयसिंह चुमी मगरलाई फासी दिएको थियो ।

जनस्तरबाट राणाशासन विरुद्ध पहिलो विद्रोह गर्ने लखन थापाको किल्ला परिसरमा रहेको सालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी दिवस मनाइएको हो । स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जयसिंह चुमी मगरको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।

गाउँपालिकाको १० लाख बजेटले चुमी मगरको पूर्णकदको सालिक निर्माण सम्पन्न भएको हो । मूर्तिकार लालकाजी लामाले सालिक निर्माण गरेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद मानिएका लखन थापासँगै सहादत भएका जयसिंह चुमी मगरलाई पनि सहिद घोषणाको माग हुँदै आएको छ ।

स्मृति सभामा गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताल, प्रतिनिधिसभा गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाइँ लगायतको सहभागिता रहेको थियो ।

तत्कालीन गोरख गणमा कार्यरत लखन थापा मगर र सहयोद्धा जयसिंह चुमी राना मगर १९२७ सालमा एक महिने बिदामा आएपछि पल्टनमा नफर्की युद्ध सुरु गरेको इतिहासमा उल्लेख छ । त्यसबेला उनीहरुले काउले भंगारमा किल्लाले घेरी दराबार बनाएको बताइन्छ ।

साथै दरवार सम्हाल्ने जिम्मा उनै चुमीले पाएको इतिहासमा उल्लेख छ । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै फागुन २ गते एकै दिन उक्त किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो ।

२०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद्‍ बैठकले लखन थापालाई नेपालकै पहिलो सहिद घोषणा गरेको छ । २०५६ सालको मन्त्रिपरिषद्‍ बैठकले थापालाई सहिद मात्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->