शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घरबास : प्रदेशको गौरवको योजना

घरबास : प्रदेशको गौरवको योजना

एउटै जाति र जनजातिभएको ठाउँमाहोमस्टे सफल ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७९, आइतबार

स्याङ्जा/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले घरबास (होमस्टे) लाई प्रदेश गौरवको आयोजनाको रुपमै अगाडि बढाइने बताएका छन् ।

शनिबार दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समापन कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले यसअघिको सरकारले होमस्टेमा कम लगानी गरेको जिकिर पनि गरे । ‘पाँच वर्ष पहिला योजना बनाएर प्रदेश सरकारले होमस्टेमा २५ करोड लगानी गरेको थियो,’ उनले भने, ‘सहयोग बढेर ४० करोड हुनुपर्नेमा एक करोडमा खुम्चिएको छ । अब राम्रो र बिग्रेको होमस्टेको अध्ययन गरी होमस्टेमा लगानी थपिन्छ ।’

अघिल्लो सरकारले बनाएको योजनामा चालु आर्थिक वर्षमा नै १० होमस्टेलाई सहयोग गर्ने तयारी गरेको उनले जानकारी गराए । सिरुवारीलाई प्राथमिकतामा राखिने पनि उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->