शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गलेश्वर मन्दिरमा शिवरात्रीमा ४ लाख ३५ हजार भेटी

गलेश्वर मन्दिरमा शिवरात्रीमा ४ लाख ३५ हजार भेटी


  • हरिकृष्ण गौतम
  • फाल्गुन ९ २०७९, मंगलबार

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा ४ लाखभन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट अर्थात आइतबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा ४ लाख ३५ हजार २७ रुपैयाँ भेटी भेटी गनेर सार्वजनिक गरिएको हो ।

शनिबार साँझसम्म भक्तजनले मन्दिरमा चढाएको भेटी संकलन गरी प्रहरीकै उपस्थितिमा मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी मन्दिर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह र स्थानीयबासीको उपस्थितिमा फिँजारिएर करिव ३ घण्टासम्म गनेर सार्वजनिक गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।‘यसवर्ष भक्तजनको उत्साहजनक उपस्थिति थियो, भेटीबाटै पूर्वाधारमा समेत खर्च हुने गरेको छ’ अध्यक्ष रेग्मीले भने ।

भेटी सार्वजनिको बेलामा आवश्यकता अनुसार सामाजिक सञ्जालको प्रयोग तथा सञ्चारमाध्यमलाई समेत जानकारी दिने गरेको सचिव रेग्मीको भनाइ छ ।दान संकलन गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

भक्तजनले चढाएको भेटी, आर्थिक सहयोगले पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ । धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापना, गलेश्वर बजारमा सडक बत्ती जडान लगायत भौतिक संरचना निर्माण भएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभइ स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->