शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सभामुखको मर्यादा भुल्दिन : सभामुख

सभामुखको मर्यादा भुल्दिन : सभामुख


  • अर्जुन काफ्ले
  • फाल्गुन १० २०७९, बुधबार
कालिगण्की गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको सभामुख देभराज घिमिरेले शिलन्यास गर्दै । तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा/ प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताएका छन् ।

कालीगण्डकी गाउँपालिका ७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम ऐन कानून बनाउने र संसद चलाउने भएकाले कानून भित्र रहेर गर्ने बताए । हिजो कसले के ग¥यो त्यसप्रति कुनै चासो नरहेको बताउँदै उनले हिजो जुन राजनीतिक दलमा रहेपनि अहिले स्वतन्त्र भएकाले स्वतन्त्र नै भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । विगतमा कर्णालीको अवस्थामा रहेको कालिगण्डकीले खानेपानी, भौतिक पूर्वाधार, सडकमा गरेको विकासप्रति उनले खुसी व्यक्त गरे ।

बेरोजगारलाई रोजगार सृजना गर्ने गरी ऐन बनाउने बताउदै सभामुख घिमिरेले युवा विदेशिनबाट रोक्नु अहिलेको चुनौती भएको बताए । उनले जातजाति र संस्कृति संरक्षणमा सघाउने वचन पनि दिए । कार्यक्रममा प्रदेशसभा सदस्य महेश भट्टराई, पुर्व प्रदेशसभा सदस्य मोहन रेग्मी, पालिका अध्यक्ष खिमबहादुर थापालगायतले गाउँको विकासमा सबैको समान चासो जानुपर्नेमा जोड दिएका थिए ।
कालीगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार रुपैयाँमा निर्माण हुन लागेको हो । १३ रोपनीमा बन्ने १५ शैयाको अस्पताल दुई ब्लकमा रहने छ भने दुई ब्लकलाई आपसमा आरसीसी ब्रिजले जोड्ने प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले बताए ।

ए ब्लक ४५५ र बी ब्लक ७०४ बर्ग मिटरमा रहने पाण्डेले बताए । भवन आर एण्ड सीएस विकोन जेभी काठमाडांैले गत कात्तिक १७ गते निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीनतले अस्पताल दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको हो । अस्पतालबाट कालिगण्की, गुल्मी र पर्वतका स्थानीय बासिन्दाले सेवा पाउँदै आएका छन् । कार्यक्रममा पालिकाको झण्डा बनाउने वडा नं ७ का मदन भट्टराई र छाप निर्माण गर्ने वडा नं ५ का रिजिता श्रेष्ठलाई ५०/५० नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->