शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा लागुऔषध सहित एक यूवा पक्राउ

म्याग्दीमा लागुऔषध सहित एक यूवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७९, शुक्रबार

बेनी/ लागु औषध बोकेर हिडिरहेको अवस्थामा एक यूवा पक्राउ परेका छन् । म्याग्दीका लागु औषधका प्रयोगकर्तालाई लक्षित गरी झोलामा लिएर आउँदै गरेका रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा खानलाई नियन्त्रणमा लिइएको हो ।

छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–३ मल्लाज चोकमा सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन ढकालले बताए ।

उनका अनुसार छिमेकी जिल्लामा नियन्त्रण गरिएकाले जिल्ला प्रहरी कार्यालय पर्वतलाई थप अनुसन्धानको जिम्मा लगाइएको छ । यता नेत्र विक्रम चन्द विप्लवको टोलीले आफ्नो प्रयासमा नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको दावी गरेको छ। अभियुक्त नियन्त्रणमा लिने क्रममा सार्वजनिक भएको तस्वीरमा विप्लवका स्थानीय नेताहरु समेत देखिन्छन् । अभियुक्तबाट ३९३ ट्वलेट नाइट्राजेपाम बरामत गरिएको छ ।

म्याग्दीमा विद्यार्थी उमेरका लागु औषधको दुब्र्यसनी भेटिएका छन् । सदरमुकाम बेनीको कालिपुल, न्यूरोडका साथै छिमेकी जिल्ला पर्वतबेनीमा सामुहिक प्रयोग गर्ने सूचनाको आधारमा प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->