बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विरामीसँग शर्त नराखौं : कोईराला

विरामीसँग शर्त नराखौं : कोईराला


  • खगेन्द्र पराजुली
  • फाल्गुन २९ २०७९, सोमबार

नवलपुर/नेपाली काँग्रेसका नेता एवं सांसद डा. शशांक कोइरालाले विरामीको निस्वार्थ उपचार सेवा गर्नु नै डाक्टरको धर्म भएको बताएका छन् । नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पताल स्थापनाको चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कोइरालाले अस्पतालको मुटु भनेकै डाक्टर र काम भएको भन्दै डाक्टरले स्वार्थरहित भावनाले म डाक्टर भन्ने सपथ लिनुपर्ने बताएका हुन् । उनले विरामीसँग शर्त नराखी सेवा गर्न सुझाए ।

डा. कोइरालाले आफू स्वास्थ्य सेवा क्षेत्रबाटै आएकाले प्रधानमन्त्री भएर गर्ने सामाजिक सेवाभन्दा डाक्टर भएर गरेको सेवावाट सन्तुष्टि मिल्ने धारणा राखे । उनले मध्यबिन्दु जिल्ला अस्पतालको प्रमुख समस्या र आवश्यकताका रुपमा रहेको जमिन व्यवस्थापन र अपुरो डायलासिस प्रविधिको व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता गरे । उनले भने,‘यो अस्पतालको प्रगति प्रतिवेदन राम्रै छ तर यो भन्दा पनि ठूलो छलाङ मार्नुपर्ने छ । यहाँ जग्गाको समस्या छ । त्यसमा मेरो ध्यान आकर्षित भएको छ । जग्गाको बारेमा तुरून्तै केही न केही गर्छु । यहाँ डायलासिस मसिन ४ वटा छन् तर विरामी धेरै छन् । त्यसैले डायलासिसतर्फ पनि मेरो ध्यान जान्छ ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले स्थापना कालमा ५५ शैयाको अनुमति प्राप्त अस्पताल जिल्ला अस्पतालमा रुपान्तरित भएपश्चात १५ वेड मात्र स्वीकृत हुनु र अरु सबै व्ययभार समितिमा निहित हुनु वोझिलो भएको गुनासो गरे । उनले स्वास्थ्यका सूचकाङ्कलाई हेदी १ सय बेडको स्वीकृति तत्काल पाउनुपर्ने देखिए पनि सम्वन्धित निकायबाट सो निर्णय हुन नसकेको सुनाए । घिमिरेले अस्पतालको क्षमता, स्तर वृद्धिमा सकारात्मक सहयोगका लागि आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख– प्रतिनिधि, राजनीतिक दल तथा संघ–साथाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यकमको सञ्चालन जनस्वास्थ्य अधिकृत एवं अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले गरेका थिए । २०६४ साल मंसिर २९ गते मध्यविन्दु सामुदायिक अस्पतालका रूपमा सञ्चालनमा आएको यस अस्पतालले २०७५ फागुन २८ गते जिल्ला अस्पतालको रूपमा स्वीकृति पाएको हो ।

१५ वेड स्वीकृत पाएको यस अस्पतालले आन्तरीक सोतमा अहिले पनि ५० बेडमा सेवा सञ्चालन गरेको छ ।

अस्पतालको निर्माणाधिन भवन सम्पन्न नहुनु, जनशक्तिको अभाव हुनु, ओजार उपकरणको अभाव र भएकाको मर्मत संभार गर्न चुनौती रहेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कण्डेल बताउछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->