शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

निर्माण व्यवसायी संघ म्याग्दीमा अध्यक्षमा भट्टचन

निर्माण व्यवसायी संघ म्याग्दीमा अध्यक्षमा भट्टचन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

बेनी/ निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा प्रवीण सापकोटा, नरसिंहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा दिनेश खत्री, उपमहासचिवमा ईन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल र सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल कार्यसमिति सदस्यहरुमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुङ्गाना, नवीन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल,जगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल निर्वाचित भएको महासचिव केसीले बताए । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै निर्माण व्यवसायी संघ म्याग्दीका संस्थापक नेत्रबहादुर महतले पछिल्लो समय निर्माण व्यवसायीहरुलाई हेर्ने नजर सकारात्मक नभएकाले यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->