बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हुप्सेकोटमा स्वास्थ्य तथ्यांक संकलन अभिमुखीकरण

हुप्सेकोटमा स्वास्थ्य तथ्यांक संकलन अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले पारिवारिक स्वास्थ्य स्थितिको तथ्याङ्क संकलन कार्यक्रमको अभिमुखीकरण थालेको छ ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी सवल र स्वस्थ गराउने गण्डकी प्रदेशको नीति बमोजिमको कार्यक्रम सञ्चालन गर्न पहिलो चरणमा अभिमुखीकरण थालेको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय सरकारसमेतको महत्वपूर्ण भूमिका रहने भएकाले जनप्रतिनिधि, सामाजिक– स्वास्थ्य शाखाका कर्मचारी, प्रमुख प्रशासकीय अधिकृतसमेतले अभिमुखीकरणमा सहभागिता जनाएका छन् ।

हुप्सेकोट गाउँपालिकावाट अभिमुखीकरण शुरू भएको हो । क्रमशः जिल्लाका आठै पालिकामा कार्यक्रम हुने कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए । उनका अनुसार नागरिकको स्वास्थ्यको विगत र वर्तमानको स्थिति एवं भविष्यमा सरकारवाट गर्नुपर्ने काम र अपनाउनुपर्ने बाटो सजिलै आकलन गर्ने नीति यस कार्यक्रमको उदेश्य छ । यसले जुनसुकै अवस्थाको महामारीमा नागरीकको जीउ ज्यान जोगाउन, सेवा प्रवाहलाई आवश्यक स्रोत साधन व्यवस्थापन गर्न र जोगिन सक्ने अवस्थाको निरन्तरता हुने चापागाईं बताउँछन् ।

व्यक्तिको स्वास्थ्य सम्बन्धि व्यक्तिगत र पारिवारिक विवरणको तथ्याङ्कको आधार तयार गरी स्वास्थ्य सेवा प्रवाह स्पष्ट र तथ्यमा आधारित हुने कार्यालयका तथ्याङ्क सहायक एवं सूचना अधिकारी शिवशरण पराजुलीले बताए ।सम्पूर्ण परिवारका व्यक्तिको डिजिटल विवरण तयार पारिने भएकाले नागरिकको सक्रिय सहभागिता र स्पष्ट विवरण टिपाउने विषयमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले पनि एउटा सत्र अभिमुखीकरण जनप्रतिनिधि लक्षित भएको पराजुली बताउँछन् । तथ्याङ्क संकलन कार्यमा स्वास्थ्यकर्मी कर्मचारी खटिनेछन् । अभिमुखीकरण स्वास्थ्यकर्मी लक्षित पनि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->