स्याङ्जा/स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले आफ्नै लोगो, झण्डा र पालिकागान बनाएको छ । गण्डकी प्रदेशमा लोगो, झण्डा र गान बनाउने कालिगण्डकी पहिलो गाउँपालिका हो ।
देशभर रहेका रहेका ७५३ वटा पालिकामा कसैका लोगो छ भने, कसैका गान रहेको छ । कालिगण्डकीले लोगो, झण्डा र गान एकै पटक सार्वजनिक गरेको हो । गाउँपालिका महासँघका अनुसार कालिगण्डकी गाउँपालिका नेपालमै पहिलो तीनवटै पहिचान बनाउने गाउँपालिका हो ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी आफ्नो लोगो, झण्डा र गाना तयार भएको जानकारी गराएको थियो ।
यस्तै गाउँपालिकाले धेरै उदाहरणीय काम गर्दै आएको छ । गाउँपालिकाले सुख्खा जमिनको प्रयोग गर्ने र उत्पादन लिने उदेश्यले स्थानीय प्रविधि र जनशक्तिको प्रयोग गरी जग्गा भाडामा लिएर ड्रागन खेती गरेको छ । न्यूनतम विजुली महसुल नि:शुल्क गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँमा अस्पताल सञ्चालनमा ल्याएर निशुल्क उपचार गरिरहेको छ । विद्यालय क्षेत्रमा फूलखेती गर्ने, प्राविधिक धारको शिक्षा लागुगरी उत्पादनसँग जोड्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।





