बेनी /शक्तीशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० सैयाको निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र परेको छ । निर्माण व्यवसायी हराएको सूचनासहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई समेत नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवन निर्माणले गति लिएको छैन् ।
निर्माणधीन अवस्थामा रहेको भवनभित्रझार पलाएको छ, निर्माण साम्रागी यत्रतत्र छरिएको छ ।तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।
२० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष वितिसक्दा समेत अस्पतालको भवन निर्माण योजनाका काम करिब करिब ६५ देखि ७० प्रतिशतमात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताए । बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारी सहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई चालु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ ।केही दिन अगाडी प्रधानमन्त्री पुष्पकलम दाहालसँग समेत भेटेर अलपत्र भवनका बारेमा जानकारी समेत गराइएको प्रदेश सांसद हरि भण्डारीले बताए ।
अस्पतालको निर्माणधिन भवन भूत बंगला जस्तै देखिन्छ । बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् । भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरेभन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९ र्औ प्रतिवेदनमा उल्लेख गरेको थियो । बेनी अस्पतालमा शल्यक्रियामार्फत् हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाका साथै जोखिम अवस्थामा आएका बिरामी समेत उत्साहित हुदै गरेका धेरै समाचारले बिरामीको चाप ह्वात्तै बढेकोमा अहिले भौतिक संरचना र जनशक्तीको अभावले सेवाप्रवाह खस्कँदै गएको अपाङ्गसंघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीको बताए ।





