काठमाडौं/ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष सवारी जाँच गर्ने क्रममा १६ विद्यालयका बस कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले विद्यालय बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ विद्यालयका बस चालकहरूलाई कारवाहि गरेको हो ।
बसको अवस्था ठिक नराख्ने ८ र लापरबाहीका साथ बस चलाउँदै गरेको अवस्थामा ८ बस कारवाहिमा परेको हो ।
योसँगै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ जना चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवगमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।





