बागलुङ / धौलागिरि बहुमुखी क्यापस बागलुङका स्वतन्त्र बिद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधवार पदास्थापना गरेका छन् । १८ चैतमा भएको स्ववियु चुनावबाट सर्वसम्मत रुपमा निर्वाचित सवैको बुधवार पदस्थापना गरिएको क्याम्पसले जनाएको छ ।
निर्वाचन समितिको आयोजनामा भएको कार्यक्रममा निवर्तमान सभापति मनबहादुर थापा मनिषले सर्वसम्मत रुपमा चयन भएका स्ववियु सभापति सुदिप सागर कँडेललाई पदस्थापन गराएका थिए ।
कार्यक्रममा बोल्दै धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले केही विवादका बिच रोकिएको निर्वाचनले सर्वसम्मत रुपमा स्ववियु निर्वाचित गर्नु क्याम्पसको इतिहासमा महत्वपूर्ण भएको बताए ।
स्ववियू सभापति सुदिप सागर कँडेलले बिद्यार्थीको हक हित र क्याम्पसको समग्र बिकासका लागि बिद्यार्थी र क्याम्पस प्रशासनबिच सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेल, नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, कर्मचारी संघका सभापति शिवराज पन्त, निवर्तमान स्ववियु सभापति मनबहादुर थापा मनिष, पूर्व सभापति चिरञ्जवी गौतम, नेविसंघका जिल्ला अध्यक्ष विशेष पराजुली, अनेरास्ववियुका केन्द्रिय सदस्य रोशन कुवँर र अखिल क्रान्तिकारीका खिमानन्द कँडेलले बधाई मन्तव्य व्यक्त राखेका थिए ।
निर्वाचन समितिका संयोजक गोविन्दराज गौतमको सभापतित्वमा समपन्न भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य शिवप्रसाद पौडेलले स्वागत र निर्वाचन समिति सदस्य धुर्वराज गौतमले सञ्चालन गरेका थिए ।





