बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रगतिनगरमा फायर हाइड्रेण्ट

प्रगतिनगरमा फायर हाइड्रेण्ट

दमकल नभएका ठाउँमा हुनसक्छ, प्रभावकारी विकल्प ।


  • खगेन्द्र पराजुली
  • चैत्र २४ २०७९, शुक्रबार

नवलपुर/प्रगतिनगर खानेपानीले सम्भावित आगलागीका घटनालाई छिटो नियन्त्रणमा लिने उदेश्यले सेवाक्षेत्रभित्रका मुख्य ६ स्थानमा फायर हाइड्रेण्टका प्वाइन्ट खोलेको छ । हाइडे«ण्ट प्वाइन्ट भनेको आवश्यक परेका बेला पाइपलाइनबाट ठूलो मात्रामा पानी तान्न मिल्ने विन्दु हो ।

विगतका वर्षमा २ स्थानमा जडान भएको हाइड्रेण्ट यसवर्ष फागुन र चैतमा ४ स्थानमा जोडेको हो ।
प्रारम्भमा घना बस्ती भएका क्षेत्र पहिचान गरी जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिएका छन् । विशेष गरी सुख्यायामको सयम चैत र वैशाखमा आगलागीका घटनाको जोखिम बढी हुने भएकाले ढिला नगरी प्राथमिकताका साथ हाइड्रेण्ट स्थापना गरिएको भुसालले बताए ।

प्वाइन्ट रहेको नजिकैको स्थानमा आगो निभाउन्ुपरेमा अतिरिक्त पाइप जडान गरी तुरुन्तै नियन्त्रण कार्य गर्न सकिने र पाईप अपुग भएको ठाउँमा दमकलमा पानी भर्ने नजिकको स्रोतको रुपमा प्रयोग हुने गरी प्वाइण्टहरु खोलिएका हुन् ।

३ वर्ष अगाडि जडान गरिएको देवचुली १० को हाइड्रेण्डबाट एउटा आगोलागीको घटना छिट्टै नियन्त्रणमा लिएको संस्थाको अभिलेख छ । वर्षेनी यस क्षेत्रमा आगोलागीका घटनाहरु हुँदा आकस्मिक विपत नियन्त्रण र सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वाधार खडा गरिएको भुसालले बताए ।

खर्चका हिसावले हाइड्रेण्ट जडानमा धेरै खर्चिलो नरहेको उनी बताउँछन् । खानेपानी संस्थाकै कर्मचारी परिचालन गरेर खोलिएका ४ वटा प्वाईण्टको लागत करीव १ लाख २० हजार छ । यो खर्च आवश्यक सामग्री खरिदको हो ।

उनले यो पुर्वाधारलाई थप विस्तार गर्ने योजना रहेको बताए । स्थानीय सरकारसँगको लागत साझेदारीमा यसलाई विस्तार गर्ने विषयमा आफूले वहस सुरु गरिसकेको उनी बताउँछन् । उनी भन्छनु,‘यसमा हामीले खानेपानी संस्थाको तर्फबाट एउटा कार्यको सुरुवात थालेका छौं । नगर र वडामा विपतसँग सम्वन्धित कार्यक्रम र योजनाहरु छन् ।

विपत भनेको बाढी–पहिरो, आँधी–हुरीसँगै आगलागी पनि हो भन्ने बुझनुप¥यो । वडा र नगरले सहकार्य गर्ने हो भने धेरै ठाउँमा यस्ता पुर्वाधार खडा गर्न सकिन्छ र दमकल आउने समयसम्ममा धेरै क्षति रोक्न सकिन्छ ।’ दमकलको प्रबन्ध गर्न नसकेका तर पर्याप्त पानीको प्रवाह भएका ठाउँमा हाइड्रेण्टको प्रभावकारिता उत्तम हुने उनको तर्क छ ।

देवचुलीमा एउटा पनि दमकल छैन । यहाँ अन्तरराष्ट्रिय स्तरको सिजी उद्योग बाहेक दर्जन उद्योग कलकारखाना सञ्चालनमा छन् । प्रज्ववलनशील वस्तु, बारुदजन्य सामग्री, विद्युत चुहावट, वनको डढेलो हावाहुरीका माध्यमबाट बस्ती प्रवेश गर्दा जस्ता विभिन्न माध्यमबाट यहाँ वर्षेनी आगोलागीका घटना हुँदा नागरिकले चिन्ता र चासो राख्दै नगरपालिकामा खबरदारी गरे पनि अहिलेसम्म नगरले दमकल राख्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->