शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग

बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७९, शनिबार

बेनी /म्याग्दीको बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ ।पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको उद्घाटन गदैं मेयर सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताए ।

उपमेयर ज्योति लामिछानेले कौसीखेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक बर्ष अनु्दान सहितको कार्यक्रम सञ्चालन गरिने बताईन् । वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट विन उपलब्ध गराइएको बताए । वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, अर्गानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताए ।

बेनीबजारबासीले विगतमा समेत वडाबाट वितरण गरिएको उपकरण सहितको तालिमबाट हरियो तरकारी र फलफूलबाट निस्कने फोहोरलाई जैविक मलका रूपमा पाकेको फोहोरलाई सुकेको माटोमा मिसाएर प्रयोग गर्दै आएका छन् । शनिबारसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख प्रकासकीय अधिकृत ढोलकराज ढकाल, कार्यपालिका सदस्य सुप्रेना किसान लगायतको उपस्थिति रहेको थियो । तालिमको स्वागत वडा सदस्य रमेश फगामी र सञ्चालन वडा सचिव विनिता रेग्मीले गर्नुभएको थियो । तालिममा १६५ जनाको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->