बागलुङ/ हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिष्पर्धी घोषणा भएका छन् । बुधबार प्रसारण भएको एपिसोडबाट फाइनलिस्ट घोषणा गरिएको हो । फिनालेमा प्रवेश गर्नेहरुमा बागलुङका किरण विसी, विकास परियार र राजेन्द्र घर्ती मगरसंगै बलराम विश्वकर्मा, पीएन साइँला र सन्तोष क्षेत्री छन् ।
कार्यक्रमका निर्देशक सिमोस सुनुवारले दर्शकको मतको आधारमा फाइनलिस्ट तय भएको जानकारी दिए । विभिन्न अडिसन पार गर्दौ बागलुङको बडिगाड गाँउपालिकाका दुई र निसीखोलाका एक प्रतियोगी अन्तिम ६ प्रतिस्पर्धीको रुपमा रहेका हुन । बिसी र परियार बडिगाड–५ का हुन् भने घर्ती मगर निसीखोला–१ का हुन् । लोकगीतमा आफ्नो रुचि पुरा गर्दै बागलुङको चिनारीको लागि लोक स्टारमा सहभागी भएको उनीहरुले बताएका छन् ।





