बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा भएका दुर्घटनामा २५ जनाको गयो ज्यान

नवलपुरमा भएका दुर्घटनामा २५ जनाको गयो ज्यान


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८०, शुक्रबार

नवलपुर/नवलपुरमा सडक दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा भएका ५७ वटा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्लामा ५७ वटा दुर्घटनाका घटना विवरण रहँदा ६९ वटा विभिन्न खाले साधनहरु परेका छन् । ति घटनामा परि १४ पुरुष, ८ महिला र ३ बालबालिकाले ज्यान गुमाएका छन् ।

ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक (एसएसआई) लेखनाथ पुरीका अनुसार दुर्घटनामा सवैभन्दा धेरै दुईपाङ्ग्रे साधन मोटरसाइकल तथा स्कुटर परेका छन् । ६९ साधनमध्ये ३४ वटा मोटरसाइकल दुर्घटनामा परेको तथ्याङ्क रहेको छ । दुर्घटनामा पर्ने दुई पाङ्ग्रे साधनको संख्या झण्डै ५० प्रतिशत छ ।
गत वर्ष यही ९ महिनाको अवधिमा ७७ वटा दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो भने पुरै १ वर्षमा ९५ दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा भने १२३ वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाइएको छ । विगत तीन वर्षको तथ्याङ्क अनुसार जिल्लामा दुर्घटना र दुर्घटनाबाट भएको क्षतिको संख्यात्मक दर भने घट्दो छ ।

दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नियमित सचेतना, अभिमुखीकरण, अन्तरक्रिया, स्थलगत निरिक्षण, अनुगमन, चेकजाँज, नियन्त्रण र कारवाही जस्ता गतिविधि फलदायी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी बताए ।

चालु वर्षका ९ महिनाको अवधिमा प्रहरीले सरोकारवाला चालक, सहचालक, विद्यार्थी, सर्वसाधारण लक्षित २ सय ९३ वटा जनचेतनामुलक कार्यक्रममार्फत् ५४ हजार २ सय १४ जना प्रत्यक्ष उपस्थित भइ लाभान्वित भएका जनाइएको छ ।

उपलब्ध जनशक्ति, स्रोत साधन र उपकरणको सक्दो परिचालन र तत्काल आपतकालीन उद्धार हुँदा समेत हुनसक्ने थप क्षतिलाई रोक्दै दुर्घटना र क्षति दुवै ग्राफ तालिका घटाउन सफल भएको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->