आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

उपनिर्वाचन भएका तीनै क्षेत्रमा मंसिरको भन्दा कम मत खस्यो

उपनिर्वाचन भएका तीनै क्षेत्रमा मंसिरको भन्दा कम मत खस्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८०, आइतबार

पोखरा / उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ। तनहुँ-१ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ। मंसिर ४ को चुनावमा ६७ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।

बारा-२ मा ६१ प्रतिशत मत खसेको थपलियाले बताए। मंसिरमा भने यहाँ ६४ प्रतिशत मत खसेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->