शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यालमाया केन्द्रले गोली लागेको विद्युतको पोल फिर्ता दिने

यालमाया केन्द्रले गोली लागेको विद्युतको पोल फिर्ता दिने


  • हरिकृष्ण गौतम
  • बैशाख १९ २०८०, मंगलबार

म्याग्दी/तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा ) यालमाया केन्द्रले फिर्ता दिने भएको छ ।
पत्रकार तथा अधिकारकर्मी कनकमणि दिक्षित ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको सो पोल फिर्ता दिन तयार भएका हुन् ।

माओवादी र सेनाबीच २०६० चैत ७ गते बेनी भिडन्तको क्रममा दर्जनौं गोली लागेको विद्युतको पोलको संरक्षणका लागि आवश्यक पर्ने पार्क तयार भएपछि फिर्ता दिने प्रतिवद्धता व्यक्त गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए । ‘पोल ल्याउन आवश्यक सबै सहमति भएको छ,पार्क बनेपछि पोल बेनीमा ल्याइने छ,’ प्रमुख थापाले भने । बेनी आक्रमणको करिब ४ वर्षपछि गुपचुप गुपचुप ललितपुर लगेपनि अहिलेसम्म जिल्लामा फिर्ता ल्याउने प्रयास सफल भएको थिएन् ।

जिसस प्रमुख थापा, उपप्रमुख दिलकुमारी खत्री र मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीसँगको भेटमा मानवअधिकारकर्मी दिक्षितले पोलको सुरक्षा र योजनाका बारेमा समेत बुझ्ने प्रयास गरेका थिए ।‘शान्ति पार्कमा राखेर पर्यटन प्रर्वद्धनमा सघाउने छौँ,अब पार्क निर्माणको प्रक्रियालाई समेत अगाडी बढाउनुपर्छ,’ प्रमुख थापाले भने ।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालयमार्फत आकर्षित गर्ने योजना बेनी नगरपालिकाको छ । नगर प्रमुख सुरत केसीले पहिलो कार्यपालिकाको बैठकमै पोल फिर्ता ल्याउने घोषणा गरेका थिए ।

तत्कालीन माओवादी र राज्यबीच सबैभन्दा ठूलो भिडन्त बेनीमा भएको थियो । बेनी आक्रमणको १९ वर्ष पूरा भएको छ । जिल्ला समन्वय समितिका बसेको सर्वदलिय, सर्वपक्षीय भेलाबाट डिभिजन वन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक वनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संरचना बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->