बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौलाकालीमा केवलकार सरर

मौलाकालीमा केवलकार सरर

यो गण्डकी प्रदेशभित्र संचालनमा आएको तेस्रो केवलकार हो ।


  • खगेन्द्र पराजुली
  • बैशाख १९ २०८०, मंगलबार

नवलपुर/ मौलाकाली केवलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार केवलकारको उद्घाटन गरे ।
गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर दर्शनका लागि पुग्ने धार्मिक पर्यटक लक्षित गरी केवलकार निर्माण गरिएको मौलाकाली केवलकार व्यवस्थापन विभागका प्रमुख अभिषेकविक्रम शाहले बताए ।

कम्पनीले वैशाख १ गते केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं ६ निवासी ज्येष्ठ नागरिक एक सय वर्षीया वृद्धा सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको यात्रासँगै सेवा सुरु गरेको जानकारी दिए ।

आइएमइ समूहको प्रवद्र्धनमा करिब दुई वर्षअघि केवलकारको निर्माण थालि निर्माण थालिएको थियो । केबलकारको एउटा डब्बाको क्षमता आठ सीटको छ । केवलकारमा १२ वटा यात्रु, एउटा सामान बोक्ने रसर्भिसिङ प्रयोजनका २ वटा अतिरिक्त डब्बा जडान गरिएको छ । सुरु स्टेशनदेखि अन्तिम स्टेशनको लम्बाइ करीब २ किलोमिटर रहेको केवलकारमा एकतर्फी यात्रा ५ मिनेटको रहेको छ ।

हाल केबलकारले दुइतर्फी टिकट दर साधारणतर्फ ५५० रुपैयाँ कायम छ । तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि रु ३ सय ३०, विद्यार्थीका लागि ४१५, ज्येष्ठ नागरिकका लागि रु४१५ र फरक क्षमता भएकाका लागि रु२७५ को टिकट दर रहेकोे छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि भने निःशुल्क सेवा दिएको छ । यो सुरुवाति भाडादर हो ।

आइएमइसमूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापित केबलकार गैँडाकोट नगरपालिकाको वडा नं. १ स्थित धारापानीमा तल्लो स्टेशन र मन्दिर नजिक अर्को माथिल्लो स्टेशन राखिएको छ । माथिल्लो स्टेशनमा सुविधासम्पन्न होटल निर्माणको कार्य भने चलिरहेको कम्पनीले जनाएको छ । ६० कोठा रहने गरी चारतारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको शाहले जानकारी दिए । परियोजनाको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ । केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->