मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संसद अन्त्य भएसंगै राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश

संसद अन्त्य भएसंगै राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार
फाईल तस्वीर ।

काठमाडौं /  संसद अन्त्य भएसंगै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद चलिरहेको समयमा विधेयकमार्फत कानुन संशोधन नगरी सरकारले संसद अधिवेशन अन्त्य भएको समयमा अध्यादेशमार्फत ऐन संशोधन गरेको हो । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।

अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

मिटरब्याज पीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमति अनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->