मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी सम्पर्कविहिन

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी सम्पर्कविहिन


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

बुटवल / पूर्व उपप्रधानमन्त्री नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी बुधबार बेलुकी एकाएक गायब भए। अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनले बेलुकी ९ बजेतिर मोबाइल फोन बन्द गरे।

भैरहवाबाट काठमाडौं आउन काटिसकेको प्लेनको टिकट पनि क्यान्सिल गरे। ठिक त्यही समयमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो।

नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि छोरासँगै उनलाई पनि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाइसकेको थियो।

पक्राउ पुर्जी जारी भइसकेपछि पनि कानुन कार्यन्वयनमा सहयोग गर्ने प्रतिक्रिया नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुरले सन्धिखर्कमै पत्रकारहरूलाई दिएका थिए।

रायमाझी आफैँ काठमाडौं फर्किन लागेकाले प्रहरीले दिउँसो उनलाई नियन्त्रणमा लिएन। साँझ भैरहवा वा काठमाडौं विमानस्थलबाटै पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो।

तर काठमाडौं फर्किन भैरहवा विमानस्थल आउँदै गर्दा उनी सम्पर्कविहीन बने। प्रहरीले बुधबारदेखि नै उनको खोजी जारी रहेको बताएको छ।

रायमाझीलाई विहिवार विहान भैरहवाबाट पक्राउ गरिएको समाचार वाहिरिए पनि प्रहरीले त्यसको पुष्टी गरेन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->