मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्लाएक्लै भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्लाएक्लै भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा दुई नेताबीच एक्ला एक्लै वार्ता भएको हो ।

नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । भेटवार्तामा के कुराकानी भयो, त्यो भने खुलाइएको छैन् ।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि आजै भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->