मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पदभारपछि कानुनमन्त्री गुरुङले भने, ‘न्याय प्रणाली छिटो छरितो बनाउँछु’

पदभारपछि कानुनमन्त्री गुरुङले भने, ‘न्याय प्रणाली छिटो छरितो बनाउँछु’


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

काठमाडौं / संघिय सरकारका नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’

मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने बताए । उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकोले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको जनाए ।

गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढ्नेछु । कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढङ्गबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु ।’

बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->