मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हेलिकप्टर दुर्घटना अपडेट : घाइते भविन गुरुङको मृत्यु

हेलिकप्टर दुर्घटना अपडेट : घाइते भविन गुरुङको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं / संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए ।

‘उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको छ । गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो’, प्रवक्ता खड्काले भने ।

मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । हेलिकोप्टरमा क्याप्टेनसहित पाँचजना सवार थिए ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->