मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

रास्वपाले गर्यो सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता

रास्वपाले गर्यो सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि भएको पत्रकारसम्मेलनमा अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->