आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेलायती राजाको शिरमा राजमुकुट

बेलायती राजाको शिरमा राजमुकुट


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८०, आइतबार

पोखरा/ बेलायतका राजा चाल्र्स तृतीयले राजमुकुट पहिरिएका छन् । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन् । उनले जीवनमा एकपटकमात्र लगाउन पाइने ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिएका हुन् । बीबीसीका अनुसार यो राजमुकुट पहिरिने राजा चाल्र्स तृतीय सातौँ शासक हुन् ।

यसअघि चाल्र्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।सो राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहि¥याइदिए ।उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र संगीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए । जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन् । समारोहको बीचबीचमा राजाले नै रोजेका संगीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए ।

पत्नी रानी कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो । राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए । राजा–रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौँ मानिसहरूलाई हात हल्लाएका थिए ।

जहाँ प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित थिए । राजकुमारी एन र राजुकुमार एडवार्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिएनन् । बाल्कोनीमा परिवारसाथ उपस्थित हुनका लागि ह्यारीले निम्तो पाएका थिएनन् ।ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि यूके नै आएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->