बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८०, सोमबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई  राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनको सांसद पनि पनि खारेज भएको थियो ।

तर श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->