मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रधानमन्त्रीको पूरा फिल्म हेर्न आतुर छौ: अध्यक्ष ओली

प्रधानमन्त्रीको पूरा फिल्म हेर्न आतुर छौ: अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८०, सोमबार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाए ।

उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दावी गर्दै प्रधानमन्त्री भएर स्टन्ड नभइ निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकावला हुने चेतावनी दिए । ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दावी गरे ।

उनले प्रधानमन्त्रीले नै आफुलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दवाव दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए । नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफुहरु पुरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->