बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीमा भूमिहीन समस्या समाधानको पहल

देवचुलीमा भूमिहीन समस्या समाधानको पहल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८०, बिहिबार

नवलपुर/ देवचुलीको वडा नं. ४ बाट भूमिसम्बन्धी जग्गा नापजाँच कार्यको थालनी भएको छ । सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्य र उद्घोषका साथ बुधबारबाट यो अभियान थालिएको हो ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले यसपटक विधि, प्रक्रिया र अपनत्वसँगै बलियो कानून भएकाले यसैपटक भूमिसम्बन्धी समस्या समाधान हुने दाबी गरे ।

अध्यक्ष खरेलले थोरै समस्या आर्थिकसँग जोडिदा सुकुम्बासीले राजश्वको ब्ययभार थेग्न नसक्ने हो कि भन्ने देखिँदा पालिकाहरुले चासोका साथ संवोधन गर्छौं भनेका आधारले पनि पुर्जा वितरण गर्न सकिनेमा विश्वस्त रहन आग्रह गरे । देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले लालपुर्जाविहीन नागरिकको समस्या नै नगरपालिकाको प्रमुख समस्या भएकाले त्यसका निम्ति अन्य विकासका योजनाका रकम काटेर भएपनि लालपुर्जा दिलाउने सन्दर्भमा प्राथमिकता राखियोस् भन्ने माग वडाअध्यक्षबाट बारम्वार आउँदा सिंगो कार्यपालिकाको ध्यानाकर्षण हुने गरेको स्मरण गर्दै सोही मुताविक नापजाँचको प्रक्रिया पनि ४ बाटै थालिएको बताए ।

नगरका १७ वटै वडामध्ये ४ मा सबैभन्दा धेरै समस्या छन् । नगर प्रमुख न्यौपानेले काम गर्ने सन्दर्भमा व्यक्ति–व्यक्तिका स–सनाना साना इच्छाले छिटो हुने काम पनि लम्बिन सक्नेतर्फ संकेत गर्दै सबैले त्यस्ता विषयमा ध्यान पु¥याउन र गरिएका कार्य र प्रयासमा उल्झन नझिक्न आग्रह गरे । कामलाई कसरी सम्पन्न गर्न सकिन्छ र एकले अर्कालाई त्याग गरेर पुर्जा प्राप्त गर्ने कुरामा आफ्नो अधिकारलाई अर्कोले दाबी नगर्ने कुरामा सवैले सहमति गरेर छिटोभन्दा छिटो पुर्जा लिने कुरामा तदारुकता देखाउन उनको आग्रह थियो ।

जिल्ल स्तरीय भूमि आयोगको समन्वयमा नगरपालिकाले नापजाँचका लागि ३ जना अमिन कर्मचारी नियुक्त गरी आवश्यक प्रविधि समेतको ब्यवस्था मिलाएर स्थलगत नापचाँचमा खटाइएको प्रमुख प्रशासकीय अधिकुत मोहनप्रसाद मरासिनीले बताए । वडा नम्वर ४ को भूमिसम्बन्धी नापजाँचको सवै प्रतिवेदन तयार भइसकेपछि मात्रै क्रमशः अन्य वडाहरुमा काम थालिने मरासिनी बताउँछन् । देवचुली नगरपालिकामा भूमिहीन दलित ४ सय ६२, भूमिहिन सुकुम्वासी १ हजार १ सय ४५ र अब्यवस्थित बसोवासी २ हजार ९ सय ४२ गरी कुल ४ हजार ५ सय ४९ वटा आवेदन रहेको नगरपालिकाको विवरण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->