स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ०४ रामकोषमा अवैध लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नंको यात्रु बाहक बस चेकजाँच गर्दा भक्तपुर घर भइ पोखरा बस्ने ५० वर्षीय दिनेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका महर्जनको साथबाट दुई एमएलको झोल सहितकोे फेनेरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल र डाईजेपाम ६४ एम्पुल गरी जम्मा १९२ एम्पुल बरामद भएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
पक्राउ परेका महर्जनलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाएको खनालले बताए ।




