बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रजहर चोकमा युटर्नको माग : सुनुवाइ नभए संघर्षमा उत्रने चेतावनी

रजहर चोकमा युटर्नको माग : सुनुवाइ नभए संघर्षमा उत्रने चेतावनी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८०, बिहिबार

नवलपुर/ निर्माणाधीन नारायणगढ–बुटवल सडकमा युटर्नको आवश्यकताका विषयमा स्थानीय सरोकारवालाले चासो राखेका छन् । देवचुली – १६ रजहरवासीले सडकको युटर्नका सन्दर्भमा चासो र चिन्ता राखेका हुन् । सुरुमा बजार क्षेत्रमा डिजाइन भएको युटर्न पछिल्लो समय संसोधन भएर अन्यत्र गएको भन्ने जानकारी पाएपछि युटर्न नहुँदा धेरै क्षेत्र प्रभावित हुने र सडक उपभोक्ता सेवाग्राही समेत मर्कामा पर्ने स्थानीयको निष्कर्ष छ ।.

वडाअध्यक्ष केशवराज गौतमसमेत उपस्थिति रहेको सरोकारवालाको भेलामा गौतमले यसको प्रत्यक्ष र दिर्घकालीन प्रभाव यातायात क्षेत्रमा मात्र नभएर दर्जनौ सेवामूलक संघ–संस्था, सरकारी सेवा प्रदायक सेवा क्षेत्र, विद्यालय, स्वास्थ्य संस्था, पर्यटकीय स्थलको पहुँचमा प्रभाव पर्ने बताए । उनले रजहर चोकमा युटर्नको आवश्यकतालाई महत्वपूर्ण रूपमा लिदै युटर्न कायम गर्ने सम्बन्धमा वडाका तर्फबाट गर्नुपर्ने सहजीकरण र आवश्यक परे जनदवावका गतिविधिमा ऐक्यवद्धता जनाए ।

रजहर चोकवाट युटर्न अन्यत्र रहँदा यहाँका आधा दर्जन विद्यालय–क्याम्पस अन्तराष्ट्रिय स्तरमा प्रख्यात रजहर सामुदायिक प्राकृतिक चिकित्सालय, नगर स्तरीय आयुर्वेद औषधालय, कृषि तथा पशु सेवा कार्यालय, पर्यटकीय संभावनाको मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेशको मुख्य नाका, वजार तथा बैंकिङ्ग सेवाका लागी आउने आम नागरिक प्रभावित हुनुपर्ने स्थिति सिर्जना हुने सरोकारवालाले औल्याएका छन् ।
सरोकारवालाले प्रारम्भिक चरणमा आफ्नो माग बडा, पालिका, सिडियो कार्यालय, हुदै निर्माण कम्पनी चाईना स्टेट कर्पोरेशनको प्रशासनसम्म पेश गर्ने र यति गर्दा पनि सुनुवाई नभए दवावमूलक शान्तिपूर्ण संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->