बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नाली सुधार्न दलदलेका स्थानीयको माग

नाली सुधार्न दलदलेका स्थानीयको माग


  • खगेन्द्र पराजुली
  • जेष्ठ ३२ २०८०, बिहिबार

नवलपुर/दलदलेमा निर्माणाधीन सडक किनाराको नाली निर्माण कार्य अहिले रोकिएको छ । स्थानीयले प्राविधिक पक्षबाट त्रुटिपूर्ण डिजाइन गरेका कारण बजार डुवानदेखि थुप्रै समस्या आइपर्ने भन्दै पूर्वाधार कार्यालयमा लिखित ध्यानाकर्षण गराएपछि निर्माण कार्य रोकिएको हो ।

देवचुली नगरपालिकाका लागि महत्वपूर्ण आयोजनाका रुपमा मानिएको नवलपुरको पहाडी नाका हुँदै तनहुँ, प्रदेश सदरमुकाम पोखरा, कालीगण्डकी करिडोर हुँदै पाल्पाको रामपुर, सिद्धार्थ राजमार्गबाट स्याङ्जा, पर्वत, गुल्मी आवतजावत गर्ने सजिलो ग्रामीण मार्गको प्रवेशद्धारमा थालिएको काम विना डीपीआर थाल्दा समस्या सिर्जना हुने स्थिति देखिएको स्थानीयको भनाइ छ ।

२ साताअघि पुर्वाधार कार्यालय नवलपुरमा लिखित निवेदन हालेका दलदलेबासीसँग कार्यालयका प्रमुख रवीन्द्र तिवारीसहित प्राविधिक, इन्जिनियरको टोली स्थलगत अवलोकनमा पुगेर गुनासा सुनेका छन् ।
प्रमुख तिवारीले केही प्राविधिक त्रुटि भए सच्चाएर भए पनि बजारको स्वरुप नबिगारी जनतालाई सास्ती नहुने गरी पूर्वाधार निर्माण गरिने प्रतिवद्धता जनाए ।

स्थानीय अशोकराज अधिकारीले शून्य विन्दुमै करीव १ सय ४० सेन्टिमिटर गहिरो रहेको प्राचीन प्राकृतिक नाला ५० सेन्टिमिटर पुरेर ९० सेन्टिरमिटर निर्माण गर्नु नै गल्ती भएको बताए । जसका कारण साविकको सडक किनाराको नालीको सतह जति उत्तरतर्फ गयो उति नै अग्लो हुँदै जाँदा ८० सेन्टिरमिटरभन्दा अग्लो भएकाले निर्माण भईसकेका घर खाल्टोमा पर्ने र वर्षाको पानीमा भुइँतला डुवानको खतरा रहेको बताए । यस्तै, दर्जन बढी शाखा बाटोमा प्रवेश गर्न असहज हुने, शाखा बाटोबाटै बग्ने वर्षातको भलपानी नालीमा मिसिनुपर्नेमा सडकको नाली अग्लो भएका कारण घरबस्तीमै फर्किनेलगायतका विपतजन्य जोखिम रहेको सुनाए ।

दलदले व्यवसायोन्मुख बजार भएका कारण थुप्रै हेभी मालबाहक साधनहरु गोदाम छिराउनुपर्दा सडक किनारामा बनेको नाली पार गर्नुपर्दा अहिले बनेको नालीको गुण्स्तरले थेग्न नसक्ने पनि स्थानीयले औंल्याए । ९० सेन्टिमिटर उचाइमा बनेको नालीको वालमा रड प्रयोग नहुँदा मालवाहक साधनलाई वारपार गर्न नमिल्ने उनीहरुको तर्क छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक बर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार दलदले–कुमसोत डबल लेन सडक निर्माण योजनाको लागि विनियोजित साढे २ करोड बजेटमा अहिले यहाँ काम हुँदैछ । यो वजेटले ४२५ मिटर खण्डको काम हुनेछ । साढे १० मिटर हाईवे दुवैतर्फ सवा १ मिटर–सवा १ मिटर गरी साढे २ मिटरका दुईतर्फी नालीसहित १३ मिटर क्षेत्रफलमा दलदलेमा काम हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->