शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रभात बसेललाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश

प्रभात बसेललाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश

जवरजस्ती करणीमा कास्कीमा अनुसन्धान हुने ।


  • हरिकृष्ण गौतम
  • जेष्ठ ३२ २०८०, बिहिबार

म्याग्दी/ जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । बिहिबारको धुनछेक बहसपछि बसेललाई अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही शर्त सहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जायरवाला ४३ ९४०० ले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिईन् ।

आदेशमा मुद्धाको अन्तिम टुंगो नलाग्दासम्म बसेल र उनका परिवारबाट जायरवाला र परिवारसँग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक, शारीरिक र मानसिक क्षती पुग्ने कार्यहरु नगर्ने लगायत मुद्धालाई प्रभावित पार्ने गतिविधि नगर्न समेत आदेश दिइएको छ । जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेका बसेललाई कास्की प्रहरीमा रहेको जवरजस्ती करणीको मुद्धामा अनुसन्धान गर्न बिहिबार नै कास्की प्रहरीमा पठाइएको जिल्ला अदालत म्याग्दीले जनाएको छ ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रभातको पक्षमा अधिवक्ता सागरजिवी उपाध्याय, शिब सुनार, राम शर्मा, इश्वर परियार र कुञ्जनी परियारले बहस गरेका थिए । प्रभातलाई जायरवाला जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीपछिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेपनि प्रभातले भने जवरजस्ती करणीको मुद्धामा कास्की प्रहरीको हिरासतमा बस्नुपर्ने छ । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । प्रभातका आफन्त र साथीह्रुले केटीका अभिभावकले स्विकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उपचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको बताएका छन् भने जायरवाला र उनका परिवारले भने अस्वीकार गदैं आएका छन् । जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा बसेर फर्किएका थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->