शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मालिका गाउँपालिकाको निती तथा कार्यक्रम : दिर्घरोगीलाई निशुल्क उपचार

मालिका गाउँपालिकाको निती तथा कार्यक्रम : दिर्घरोगीलाई निशुल्क उपचार


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८०, बुधबार

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । मंगलबार गाउँपालिकाको सभाहल छयारछयारेमा आयोजित गाउँपालिकाको १३ औं गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्थानीय उत्पादन सहित समृद्ध गाउँपालिकाको खाकासहितको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिका अध्यक्ष गर्बुजाले निर्वाचित भएपछिको अनुभव र सिकाइका आधारमा गाउँपालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।गाउँसभामा पेश भएको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिने उल्लेख छ ।

गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तारका साथै सडक सञ्जालले जोड्ने, हरेक वडामा बाल उद्यान, गरिब तथा विपन्न बालबालिकालाई शिक्षामा सहयोग, दिर्घरोगीलाई निशुल्क उपचार गर्ने उल्लेख गरिएको छ ।

मालिकाले यसपटक स्थान्ीय रक्सीलाई ब्राण्डिङ गर्न सम्भाब्यता अध्ययन र अनुसन्धान गर्ने, किसानलाई चौतारी जोतौ खेतबारी भन्ने अभियान सहित बाझो जग्गामा खेती गर्ने, ‘खाऔं आफ्नो बारीको नखाऔं सिमा पारीको’ अभियान सहित स्थानीयस्तरमै तरकारी तथा अन्नबालीको पकेट क्षेत्रको पहिचान गर्ने, दिवा खानामा रैथाने बाली र ३ विद्यार्थी एक करेसाबारीलाई प्रोत्साहन गर्न विद्यालयलाई समेत सहयोग गर्ने नीति मालिकाले ल्याएको छ । गाउँपालिकाभित्रको उत्पादनको खरिद तथा विक्रीमा सघाउने, दुग्ध उत्पादनमा आत्मनिर्भरमा समेत जोड दिइएको छ ।

गाउँपालिका भित्र गाँजाखेतीको सम्भावना उच्च रहेकाले गाँजा खेती बारेमा अध्ययन र अनुसन्धान समेत गरिने निति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभामा अध्यक्ष गर्बुजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले दिएको सुझावहरुलाई समावेश गरी मंगलबार नै पारित गरिएको छ । यसैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले आर्थिक विधेयक, विनियोजन विधेयक,न्यायिक सम्बन्धिको उजुरीको किनारा सम्बन्धि विधेयक र सहकारी सम्बन्धि ऐन प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->