बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्दरबजारको ‘खाने कसरी पीउने कसरी’ कार्यक्रमको लागि पाँच लाख

सुन्दरबजारको ‘खाने कसरी पीउने कसरी’ कार्यक्रमको लागि पाँच लाख


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८०, मंगलबार

बागलुङ/ सुन्दर बजार नगरपालिका लमजुङले आगामि आर्थिक बर्षका लागि ८८ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख भवानी केसीले नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

कृषिमा आधुनिकिकरणलाई जोड दिएको बजेटले शिक्षा, स्वास्थय र पर्यटन नगर समृद्धिको आधार भनेको छ । नगरपालिकाले ‘खाने कसरी पीउने कसरी’ कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । खानपिनकै कारण मानव स्वास्थ्यमा गम्भिर समस्याहरु आउने भन्दै नगरले आगामि बर्ष उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । विपन्न नागरीकका लागि सहायता, जेहेन्दार बिद्यार्थीका लागि छात्राबृत्ति लगायतका कार्यक्रम बजेटमा समाबेश छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->