शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मंगला क्याम्पसले ४ रोपनी जमिनमा फलफूल लगाउने

मंगला क्याम्पसले ४ रोपनी जमिनमा फलफूल लगाउने


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८०, सोमबार

बेनी /म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसले फलफूलको उत्पादन र बजार राम्रो देखेपछि क्याम्पसको खाली जग्गाको सदुपयोग गर्नफलफूल खेती सुरु गरेको छ । क्याम्पसको भौतिक संरचना, खेलमैदान सहित प्रयोग हुने जमिन बाहेक करिब ४ रोपनी जमिनमा माटो सुहाउँदो फलफुल रोपण कार्य सु्रु गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आफ्नो जन्मदिनको अवसरमा फलफूलको बिरुवा रोपणको अभियानसँगै क्याम्पस प्रशासन लगायत विभिन्न निकायको सहयोगमा बाँझो जमिनको सदुपयोग गदैं विभिन्न प्रजातिको फलफूल लगाउन थालिएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए ।

‘क्याम्पसको प्राङ्गणको माथिल्लो क्षेत्रमा फलफूल खेती सुरु गरिएको छ, पहिलो चरणमा करिब ८० बोट लगाइयो,’ प्रमुख खत्रीले भने ।उनका अनुसार क्याम्पसका स्टाप,विद्यार्थीबाट एक व्यक्ति एक फलफुलको बिरुवारोपणसहितका अभियान सञ्चालन गरी रेखदेख सहितका प्राविधिक सहयोगमा स्वतन्त्त विद्यार्थी यूनियनको सहयोग लिने बताए ।

अभियानको पहिलो दिन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उत्पादनमार्फत समृद्धिको बाटोमा रहेको गाउँपालिकाले फलफूल खेती कार्यक्रमलाई सघाउने समेत बताए । उनले क्याम्पसभित्रको माटोमा उत्पादन हुने विभिन्न प्रजातिका फलफुलका बिरुवाहरु रोपणसँगै नियमित संरक्षणका कार्यक्रमहरु समेत गर्नुपर्ने बताए।क्याम्पसका सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ४ रोपनी जग्गाभित्र प्राविधिकको सहयोगमा जैविक मलको प्रयोग सहित सीप विकास र प्रवद्र्धनका लागि गाउँपालिका र सरकारी निकायको समेत सहयोगको प्रतिबद्धता रहेको बताए । क्याम्पसले पहिलो चरणमा आँप, लिची, कागती,अम्बा,कटुसु,एभोगाडा लगायतका विभिन्न प्रजातिको फलफुल रोपण गरेको छ ।

भौतिक पूर्वाधार विस्तारमा तीब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ । समुदायको सक्रियतामा ३३ रोपनी जमिन खरिद गरेको क्याम्पसको भबन, प्रशासनिक भवन, छात्राबासबाहेक अन्य संरचनाहरु आसपासका साथै माथिल्लो क्षेत्रमा रहेको खरबारीमा समेत आयआर्जनमा सघाउने गरी यो बर्षभरी विभिन्न प्रजातिको फलफुल तथा औषधिजन्य हर्बल विरूवा रोपण गर्ने जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->