शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’

एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८०, मंगलबार

बागलुङ/ जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तह सँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।

सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक २ रुपैयाँका दरले प्रतिमहिला ९ हजार सरकारले उपलब्ध गराउँदै आएको छ । आमा र बच्चा दुवैलाई पोषणको कमी हुन नदिनका लागि बिभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलव्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागि गराईएको हो ।

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उनको दाबी थियो । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोग विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलव्ध गराईएको शर्माले बताए ।
हालसम्म चालु आर्थिक बर्षमा बागलुङभरका एक हजार ३४ सुत्केरी महिलाले ‘सुत्केरी पोषिलो खर्च’बापत ९३ लाख ६ हजार रुपैयाँ पाएका छन् । ‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौं’ शर्माले भने ‘कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजी लगायतका कार्यक्रम सञ्चालन गरेका छौं ।’

कार्यालयले पोषण शिविरमार्फत ३ सय ५० जनाको परिक्षण गरेको थियो । तीमध्ये ६ जना शिघ्र कुपोषण र मध्यम कुपोषण ३९ जना पत्ता लागेको शर्माले बताए । उनीहरुको उपचारका लागि धौलागिरी अस्पताल बागलुङ र गण्डकी प्रदेश सरकार मातहतका बिभिन्न अस्पतालमा जान भनिएको थियो ।

पाँच बर्ष मुनीका बालबालिका कुपोषणको जोखिममा हुने भन्दै जिल्लाका आठ स्थानीय तहमा कार्यालयले पोषण अवस्थाको बिषयमा सर्वेक्षण समेत गरेको थियो । सर्वेक्षणमा २ सय ८७ बालबालिका सहभागि भएका थिए । उनीहरुमध्ये कुपोषित बालबालिका धेरै भएका दुई स्थानीय तहमा पोषण शिविर सञ्चालन गरेर ३५० जना बालबालिकालाई सेवा दिईएको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->