काठमाडौं / प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न देउवासहित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरू अस्पताल पुगेका हुन् ।





